मधेशटप, फागुन १० गते।

भोलि बुधबारदेखि नेपाल भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ जेएससी को बैठक बस्ने भएको छ ।

२ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी विकास’बारे छलफल गर्न चाहेको छ ।

२०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक(पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।

बैठकमा मुख्य रुपमा नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसरणलाइन आयोजना र निर्माण र जलविद्युत क्षेत्रको लगानीबारेमा छलफल हुनेछ ।

बैठकमा ‘न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न भएको सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा हुनेछ ।