मधेशटप फागुन १२ गते ।

सहिद स्मारक ए डिभिजन लिग फुटबलको १३ औं अर्थात् अन्तिम चरणको खेलहरु आजदेखि सुरु हुँदै छन्। आज दुई खेलहरु हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ। आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन्।

अन्तिम चरणमा आइपुग्दा उपाधि र रेलिगेशनको यस अघि नै टुंगो लागेको हुनाले अन्तिम चरणका खेलमा रौनकता कम देखिएको छ।

३२ अंक जोडेको मछिन्द्रले दुई खेल अघि नै उपाधि रक्षा गरिसकेको छ भने ब्रिगेड ब्वाइज पनि रेलिगेशनमा परिसको छ।