मधेशटप फागुन १३ गते ।

धनुषा ; नेपाली कांग्रेस धनुषा कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन फागुन २३ गते गर्ने निर्णय गरेको छ ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा बिहिवार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २३ गते गर्ने निर्णय गरेको हो ।मधेस प्रदेशलगायत अधिवेशन हुन बाँकी रहेको १६ जिल्लाको अधिवेशन मिति पटक–पटक सर्दै आएको छ ।

पछिल्लो पटक फागुन १५ गते हुन भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारी ढिइएका छन ।

केन्द्रले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न समय अनुकूल नमिलेका कारण जिल्ला कार्यसमितिले पार्टीको जिल्ला अधिवेशन गर्न आफ्नै मिति तय गरेको नेपाली काँग्रेस धनुषा कार्यसमितिका कोषाध्यक्ष राजलाल महतोले बताएका छन ।