मधेशटप फागुन १३ गते ।

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।ग्वार्कोको एक होटलमा बैठक सुरु भएका हो ।

एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल गर्न आज बैठक सुरु भएको हो ।

बैठकमा एमसीसीको बारेमा पनि छलफल हुनेछ । एमसीसीको विषयमा पार्टीमा मतमतान्तर रहेको छ ।

अध्यक्ष यादव एमसीसीको विपक्षमा छन् भने अध्यक्ष भट्टराई एमसीसी पारित हुनुपर्ने पक्षमा छन् । आज पार्टीले एमसीसीको बारेमा आधिकारिक निर्णय गर्नेछ ।