मधेशटप फागुन १३ गते ।

काठमाडौं अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेपाल बुद्धिजीवी संगठनले नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन गरेको हो ।

उनीहरुले प्रदर्शनमा ‘सम्पूर्ण देशभक्त बुद्धिजीवीहरु एकजुट होऔं, यथास्थितिमा एमसीसी पास गर्ने षडयन्त्रविरुद्ध खबरदारी गरौं’ लगायतका नारा लगाएका थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले एमसीसीविरुद्ध बानेश्वर क्षेत्रमा विगत एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् ।