मधेशटप फागुन १३ गते ।
सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ।
विशेष अदालतमा दायर भएको गौतमविरूद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो।
अख्तियारले न्यायाधीश गौतमविरूद्ध अख्तियारले २०७६ माघ २२ गते बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने कार्यमा संलग्न भएको भन्दै उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउने क्षेत्राधिकार नभएको भन्दै न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले उक्त मुद्दा बदर गरेको हो।
Discussion about this post