मधेशटप डेस्क,फागुन १४
दाङ; दाङमा प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले राप्ती गाउँपालिका १ स्थित भालुवाङ प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका ३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका ७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन ।
शक्रबार बेलुकी पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
Discussion about this post