मधेशटप डेस्क,फागुन १४

नेपाली  कांग्रेसका नेता रामचन्द्र पौडेलले चीनको इसारामा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिएको आरोप लगाएका छन्।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उनले एमसीसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताएका छन।

उनले कांग्रेसलाई संगठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताएका छन ।