मधेशटप डेस्क,फागुन १४

मनाङ  ;  मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेर शहीद स्मारक ‘ए’ डिभिजन लिग टुंग्याएको छ ।

लिग अन्तर्गत शनिबार भएको आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १ १ को बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान सुरक्षित गरेको हो ।

लिगमा कुनै खेल नहारेको आर्मीले आठ खेल बराबरी खेल्दै कुल २३ अंक जोड्यो ।

एनआरटी समान अंक भएपनि आर्मी हेड टु हेडमा अघि रहेको हो ।उनल खेलाडीको चोटका कारण एकरुपको प्रदर्शन गर्न नसकेको र अरु टिमको नतिजा बिग्रँदा पनि आफ्नो टिमलाई फाइदा भएको बताएका छन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो । खेलको ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले खेल बराबरी गरेको हो ।