मधेशटप डेस्क,फागुन १४

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली राजनीतिमा छिटै नयाँ ध्रुवीकरण हुने बताएका छन् ।

नेकपा एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण हुने दावी गरेका छन।

एमसीसीकै कारण अबको एक दुई दिनमा गठबन्धन भत्किन्छ र, राष्ट्रिय राजनीतिमा ध्रुवीकरण हुन्छ’ उपध्यक्ष बादलले बताइएका छन ।

बादलले अहिलेको सत्ता गठबन्धनलाई प्रतिक्रियावादी र अवसरवादीको संज्ञा दिएका छन ।

एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव रहेको भन्दै उनले निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।