मधेशटप डेस्क,फागुन १५ गते

विराटनगर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आज बस्दैछ ।

राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन ।