मधेशटप डेस्क,फागुन १५ गते

काठमाडौं ; जनता समाजवादी पार्टी जसपा को कार्यकारिणी समितिको बैठक ललितपुरमा सुरु भएको छ ।

शुक्रबार सुरु भएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।

‘अध्यक्ष उपेन्द्र यादव गठबन्धनको बैठक सकेर आएसँगै कार्यकारिणी बैठक सुरु भएको छ,’

, आइतबार सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको हो ।

बैठक लगत्तै पार्टीका शीर्ष तीन नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईले अनौपचारिक संवाद गरेर यससम्बन्धी विवाद टुंग्याइसकेको जसपाले जनाएको छ ।