मधेशटप डेस्क,फागुन १५ गते

अख्तियार दुरूपयोग अनसुन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन ।

उनीविरूद्ध पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको छ।पूर्वसचिवसमेत रहेका रामकुमार श्रेष्ठउपर बिगो ४ करोड ४५ लाख २७ हजार ६ सय ६६।९८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप पत्र दायर भएको हो।

त्यसैगरी, रामकुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको पाइएको अख्तियारले जनाएको छ।