मधेशटप डेस्क,फागुन १५ गते
काठमाडौं ; अमेरिकाका लागि नेपाली राजदूतमा प्रा श्रीधर खत्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खत्रीलाई राजदूत नियुक्त गरेकी हुन् ।
सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।
Discussion about this post