मधेशटप डेस्क,फागुन १६ गते

जनकपुरधाम ; रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित चार जनालाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगले मेयर धर्मेन्द्र प्रसाद पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख खरिदार, चौथो तह मुकेश पटेल र सह लेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

मेयर पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहानामा सेवाग्राहीसँग पाँच लाख घुस मागेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीको आधारमा अख्तियारको टंगाल टोलीले उनीहरूलाई मेयरकै कार्यकक्षबाट नगद चेकसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।