मधेशटप डेस्क, फागुन १८गते ।

जनकपुरधाम ;  राजर्षि जनक क्याम्पसमा तोडफोड गरेको ४ जना विद्यार्थीलाइ पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

समयमा परीक्षा सञ्चालन नगरेको विरोधमा विद्यार्थीहरुले राजर्षि जनक विश्वविद्यालय क्याम्पसमा तोडफोड गरेका र विद्यार्थीलाई पक्राउ गरेको विरोधमा आन्दोलित अन्य विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका छन् ।

उनीहरु प्रहरी कार्यालयको मुख्यद्धार अगाडी धर्ना बसेका हुन् ।

विद्यार्थीलाई थग्न मिल्दैन, अविलम्ब परीक्षा सञ्चालन गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर जस्ता नाराबाजी उनीहरुले गरेका थिए ।विश्वविद्यालय क्याम्पसमा तोडफोड गरेपछि चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।

विद्यार्थी र क्याम्पसका प्रशासनका पदाधिकारीबीच छलफल भइरहेको छ ।क्याम्पसको लापरबाहीका कारण समयमा परीक्षा नभएको विद्यार्थीहरुको आरोप छ ।

एक विद्यार्थीका अनुसार क्याम्पसले फागुन १८ देखि २३ गतेसम्म परीक्षा लिने सूचना निकालेको थियो । तर इन्टर्नल एसेस्मेन्ट मार्क नभएका कारण परीक्षा स्थगित भएको छ ।

समयमा इन्टर्नल एसेस्मेन्ट मार्क नपठाएर क्याम्पसले चरम लापरबाही गरेको विद्यार्थीहरुको भनाई छ ।

क्याम्पस प्रशासनको लापरबाहीले विद्यार्थी समस्यामा परेको बताइएको छ ।

पटक पटक आन्दोलनका कारण राजर्षि जनक विश्वविद्यालय बदनाम भइरहेको र यसअघि करार नियुक्तिको माँग गर्दै पेपर कन्ट्याक्ट शिक्षकहरु विगत एक वर्षदेखि आन्दोलित थिए ।