उमेश कुमार साह                                                  ०१ चैत्र २०७८ सोमबार

सप्तरी : कोरोना संक्रमण बढेपछि दुई वर्ष अघि भारतीय सीमासंग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घट्दै गएपछि सरकारले सीमानाका खुला गर्ने निर्णय ग¥यो । मन्त्री परिषद् को कति पटक बसेको बैठकले सीमानाका खुला गर्ने निर्णय गरेको हो । निर्णय भएको ६ महिना बितिसक्दा पनि भारत संग जोडिएको सप्तरीका केहि सीमानाका अझै खुलेको छैन् ।

२०७६ साल चैत पहिलो सातादेखि बन्द गरेका सीमानाका सरकारले यस अघि पैदल आउजाउ र खाद्यान्न आयतका लागी खुला गरेपनि सवारी आवागमन रोकेको थियो । पछिल्लो पटक सरकारले सवारी आवागमन पनि खोल्ने निर्णय गरेको छ । तर निर्णय कार्यान्वयनमा नआउँदा नाका खुल्न नसकेको र आफुहरु समस्यामा परेको स्थानीयले गुनासो गरे ।

सरकारले सीमानाका खुला गर्ने निर्णय गरेको खबर सुनेपछि गाडी लिएर भारतको दरभंगाबाट बिहीबार घर फर्किदै गरेका बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ बोदे बर्साईन बस्ने अमरेन्द्र कुमार चौरासीयाले भने “ नाकामा आउँदा त खुलेकै छैन् भन्दै गाडी सहित सुरक्षाकर्मीले प्रवेश गर्न दिएनन् ।” उनले भाडामा लिएर आएको भारतीय नम्बरको गाडी उतै फिर्ता पठाएर पैदलै सबै परिवार नाका पारी आएको बताए । उनीमात्र होईन । केहिदिन अघि नाका खुल्यो भनेर केही संचार माध्यमबाट खबर पाएपछि काम विषेशले भारतमा रहेका मध्येका गाडी चढी फर्किने दर्जनौ ब्यक्ती सीमा क्षेत्रमा अलपत्र परेका छन् । नाकामा रहेका सुरक्षाकर्मीले नाका नखुलेको भन्दै गाडी आवागमन गर्न रोक लगाउदा आफुहरु समस्यामा परेको सर्वसाधारणको गुनासो छ । होलि “चाडपर्व नजिकिदै छ, शिक्षण संस्थाहरु पनि धमाधम खुलिसकेका छन् र उपचारका लागी सीमावर्ती क्षेत्र वारीपारी गर्नु जरुरी छ नगर व्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंहले भने नाका खोल्ने विषयमा अन्यौल कायमै रहदा सर्वसाधारणले अनावश्यक दुःख ब्योहोर्नू परेको छ ।”

नाका बन्द हुदा सर्वाधिक आउजाउ हुने सप्तरीको बोदे बर्साईन नगरपालिकामा रहेको स्वर्णपट्टी बोडर नाकामा अहिले पनि ठुलो ब्याग, बोरा, झोला लगायतका समाग्री टाउकोमा बोकेर सर्वसाधारण पैदलै आउजाउ गरेको दृश्य विहानदेखि साँझ सम्म देखिने गरेको स्थानीयवासी प्रमोद कुमार साहले सुनाए । नाका खोल्ने विषयमा निर्णय गर्ने तर कार्यान्वयनमा ल्याउन नसक्ने सरकारले अनावश्यकरुपमा दुख दिने गरेको उनले थपे । ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक सुरेश पालले सरकारले दुई वर्ष देखि बन्द रहेका सबै सीमानाका खुला गर्ने निर्णय गरेको खबर आफुले पनि विभिन्न संचार माध्यमबाट सुनेको बताए । नायब निरीक्षक पालले भने यसवारे सम्बन्धित निकायबाट कुनै आधिकारीक पत्र नआएकोले कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ ।