उमेश कुमार साह: १३ आइतबार बोदे बर्साईन

विद्यार्थी राजनीतिबाट शकृय हुँदै नेकपा माओवादी केन्द्रबाट राजनीतिमा निखारिएका २७ बर्षिय युवा नेता दिपेन्द्र कुमार यादवले बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरीबाट उमेदवारी दिने बताएका छन।

युवा नेता हाल नेकपा माओवादी केन्द्र बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ को वडा कमिटीका अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन्।

समाजलाई समतामूलक बिकासको लागी आफ्नो उमेदवारी अपरिहार्य रहने उनले इच्छा जाहेर गरेका हुन्।

अब राजनीतिमा युवाहरुको भुमिका तादुरुकताको साथ अगाडि बढने स्थानीय पत्रकारहरुसंग कुरा राखेका थिए।आफू बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ का लागी उपयुक्त उमेदवार हु भन्दै इच्छा जाहेर गरेका हुन् ।नेकपा माओवादी केन्द्र ले आउने पुस्ताको नेतृत्वमा सहागीताको भुमिका अत्यधिक बढाउनु पर्ने पार्टी संग अनुरोध गरेका छन्।

आफनो उमेदवारी सम्पुर्ण बर्ग समुदायको हितमा हुने उनले बताए।युवा नेता दिपेन्द्र कुमार यादव पार्टीको सकृय नेताको भुमिका निर्वाह गर्दै आएका हुन्।उनले नेकपा माओवादी केन्द्रका हरेक आन्दोलनमा अग्रनी भुमिका निर्वाह गर्दै आएका छन्। युवा नेता यादवका अनुसार बोदे बर्साईन नगरपालिका ९ का लागी आफू पनि वडा अध्यक्षको लागी दाबेदार रहेको पार्टी संग अनुरोध गरेका हुन्।