जनकपुरधाम : नेकपा एमालेका  महासचिव शंकर पोखरेलले जनताले फेरि नेकपा एमालेलाई जिताउने दाबी गरेका छन् ।

धनुषाको मुखियापट्टी मुसहर्नियामा पार्टीको गाउँपालिका अधिवेशनमा महासचिव पोखरेलले कांग्रेसबाट धनुषाका नेताहरु पटक पटक मन्त्री बनेको मात्र नभई राष्ट्रपती सम्म बनेको भएपनि धनुषाको सडकका हालत र जनकपुरधाम बजारको हालत स्मरण गराउदै एमालेबाट रघुविर महासेठ मन्त्री बन्ने वितिकै धनुषाको सडकहरु चिल्ला बनेको बताए ।

 

महासचिव पोखरेलले भने मधेशी जनता र मधेशी दलको मुख्य मांग नागरिकतालाई अध्यादेश मार्फत सम्बोधन गर्न लागेपछि पहाडका साथै मधेशमा पनि एमालेको क्रेज बढने देखेर कांग्रेस अतालिएको बताए ।

नेकपा एमाले पोलिटब्युरो सदस्य जुली महतोले भने पाँच दल मात्र होइन दश दल मिलेर आएपनि एमाले एक्लै भिडन तयार रहेको बताएका छन् ।

 

सो कार्यक्रममा एमालेका सचिव रघुविर महासेठ, जिल्ला नेताहरु रामचन्द्र मण्डल, राजकिशोर यादव, हिरा साह, हरिनारायण महतो, अनिल यादव, सुरेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको  थियो ।