राष्ट्रपति श्री विद्या देवी भण्डारीद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकामा नव निर्मित थाङपाल भ्याली माध्यमिक विद्यालयको उद्घाटन भएकाे छ ।

दुईवटा माध्यामिक विद्यालय र दुईवटा अधारभुत विद्यालय गाबेर एकै बनाईएको ५ वटा ५४ कोठे यस विद्यालय बाग्मती प्रदेश कै नमुना बनेकाे छ।

पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो ।

विषेश अतिथी शिक्षामन्त्री देवेन्द्र पौडेल,साथै शिक्षा सचिव यादव कोईरालाकाे उपस्थितिमा आज कार्यक्रम सम्पन्न भएकाे हाे ।

समयमै काम सम्पन्न गर्ने खानी निर्माणसेवाका रत्न गौतम, मान बहादुर बम्जन,लगाएका टिमलाई आभार गर्दै जग्गा जुटाउन र निर्माणमा सहयोग गर्ने पालिका अध्यक्ष टासी लामा लगायत गाउँपलिका परिवारमाथि धन्यवाद प्रकट गर्नुभएकाे छ ।

२०७० सालको संविधानसभा निर्वाचनको क्रममा थाङ्पालकोटमा ४ वटा विद्यालय मर्ज गरेर विशाल विद्यालय निर्माण गर्ने वचनबध्ता अनुसार काम सम्पन्न गरि उद्घाटन भएकाे हाे ।