सिरहा : ऐतिहासिक सलहेस फूलबारीमा यस वर्ष भब्य मेला लागेको छ । मेला भर्न हजारौँ मानिस आउने क्रम जारी छ ।
सिरहाको परोसी सप्तरी, धनुषा, महोत्तरी, सुनसरी, मोरङलगायतका जिल्ला र भारत विहारका टाढा टाढाबाट श्रद्धालु आउने गर्दछन् ।
१४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वैशाख १ गते अनौठो फूल फुल्ने गर्छ ।
यहि अनौठो फूलको कारण प्रत्येक वर्ष वैेशाख १ गतको दिन यस स्थलमा भव्य मेला लाग्ने गरेको छ ।
गत दुई वर्ष विश्वभर फैलिएको कोरोना संक्रमणको प्रकोपको कारण स्थानीय प्रशासनले मेला लगाउन रोक लगाएको थियो । तर यसवर्ष भने अवस्था समान्य रहेकाले श्रद्धालुको उपस्थिति अत्यन्तै धेरै हुने आकलन गरिएको छ ।
यस्तो छ किम्बदन्ती
राजा सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरे ।
सलहेशलाई थुनामा राखेको खबर प्राप्त हुँदा सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।
सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष ‘तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखा पर्ने’ भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्ष माला आकारमा फूल बनेर मालिनी देखापर्ने गरेको किम्वदन्ती छ ।
Discussion about this post