मधेशटप, बैशाख २ गते, शुक्रबार ।
जनकपुरधाम। जल प्रदुषण र जमिन प्रदुषण नियन्त्रणका लागि एक महत्वपूर्ण सन्देश शितलता का प्रतिक लोक पर्व जुडशितल देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरमा मनाएको छ।
सेभ हिस्टोरिकल जनकपुरधाम, महगंगा आरती गंगासागरको संयोजन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष संस्कृति संरक्षण अभियन्ता डा भोगेन्द्र झाले लोप हुने अवस्थामा पुगेको लोक पर्व जुडशितललाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै गंगा सागर सफाई अभियानका अभियन्ता प्रदेश सांसद रामअशिष यादवले प्रकृति रक्षणको सन्देश स्वरूप स्वच्छता अभियन्ताहरुले गत ८ वर्ष देखि निरन्तर जल प्रदुषण, जमिन प्रदुषण र वायु प्रदूषण नियन्त्रणका भागिरथ प्रयास गर्दै आएका कुरा बताए ।
सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष अधिवक्ता राजकुमार महासेठको अध्यक्षतामा कार्यक्रम सम्पन्न मा मधेशी आयोगका अध्यक्ष, गंगा सागर सफाई अभियन्ता डा विजय दत्त, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह ,योग गुरु कृष्ण चन्द्र साह, बरिष्ठ कबिराज राम छबिला यादव सहितका वक्ता हरुले जुडशितलको महत्व विषयमा विचार व्यक्त गरेका थिए।
सेभ हिस्टोरिकल जनकपुरधामका कोषाध्यक्ष रवि गोयन्काको कुशल उदघोषणमा सम्पन्न भएको कार्यक्रममा जनकपुरधाम का युवा हरुको सहभागिता रहेको थियो।
Discussion about this post