जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार दुई सय बेडको शिलान्यास गरिएको छ ।
विगत ४ बर्ष देखि २५ वेडको क्यान्सर होस्पिटल सञ्चालन गर्दै आई रहेका अमेरिका स्थित रहेका विनयतारा क्यान्सर ट्रष्टले विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको छ ।
क्यान्सरका अस्पतालहरु मत्रै काठमाण्डु र भरतपुरमा रहेको भन्दै ट्रष्टका प्रमुख विनयकुमार साहले मधेश प्रदेशमा पनि अस्पताल हुनुपर्ने भन्दै विगत ४ बर्ष पहिला २५ वेडको अस्पताल सञ्चालनमा ल्याएका थिए ।
तर, विरामीहरुको चाँप दिनप्रतिदिन बढ्दै गएको र प्रत्येक एक सय व्यक्तिमा एक जनालाई क्यान्सर रोग रहने गरेको तथ्यांकलाई मध्यन नजर गर्दै उनले अस्पताल सञ्चालनमा ल्याएको बताए ।
उनले अमेरिकन प्रविधिमा अस्पताल र उपचार रहने तर, शुल्क भने न्युन राखिने जानकारी दिए । उनले यहाँका ठूल ठूला चिकित्सकहरु विभिन्न ठाउँमा भएपनि यहाँका आम जनतालाई भने भरतपुर र काठमाण्डु तथा भारतको विभिन्न सहरहरुमा रहेका अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेका कारण ती समस्यालाई निराकरण गर्न अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
हुनत अहिले शिलान्यास गरिएको दुई सय वेडको अस्पतालवाट मधेश प्रदेशका रोगीहरुलाई उपचारकोलागि प्रयाप्त भएपनि जुन प्रकारको योजना राखिएर अस्पताल सञ्चालनमा ल्याइदैछ भविष्यमा गएर त्यो कम पर्ने अनुमान गरिएको छ ।
जनकपुरधाम भन्दा १५ किलोमिटर मात्रै टाढा रहेको भारतीय रोगीहरुको पनि चाँप बढ्न सक्ने अनुमान गरिएको छ । तीन बर्षमा अस्पताल पूर्ण रुपमा सञ्चालनमा ल्याइने योजना अनुसार काम गरिने भएको छ ।
विनयतारा क्यान्सर फाउण्डेशनका अध्यक्ष डा. वाइपी सिंहले अस्पताल निर्माण गर्नकालागि सवैको सहयोगको अपेक्षा रहेको बताए । उनले स्थानीयबासी तथा मनकरीको सहयोग विना अस्पताल निर्माण हुन नसक्ने भएकाले सवैको सहयोग अपरिहार्य रहेको बताए ।
जनकपुरधाम २५ लोहनाका विनोद ठाकुरले सो अस्पताल निर्माणकालागि १० कठ्ठा जग्गा दान दिएको बाँकी साढे तीन विघा जग्गा ट्रष्टले खरिद गरि कुल चार विघामा निर्माण हुने सो अस्पतालको डिजाइन देखि लिएर दक्ष प्राविधिकहरु पनि अमेरिकाबाटनै ल्याउने योजना रहेको छ ।
अस्पताल निर्माण भएपछि नेपाल भारतका गरी करिव १० करोड जनसंख्याले लाभान्वित हुने अनुमान समेत गरिएको छ ।
Discussion about this post