उमेश कुमार साह :९ बैशाख शुक्रबार बोदे बर्साईन
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ सारस्वरमा एक कार्यक्रमको बीच नेकपा एमाले बोदे बर्साईन नगर समितिका सदस्य तथा वडा समितिका उपाध्यक्ष मोहम्मद एम जहीद अन्सारी ,बोदे बर्साईन नगरपालिकाको नेकपा एमाले नगर राष्ट्रिय युवा संघका अध्यक्ष मोहम्मद मुमताज आलम , मो . नुरमोहम्मद राइन , मो. मुमराज आलम र मो उमेराज सहित एक दर्जनौं भन्दा बढी ब्यक्ति लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

लोसपा नेपाल बोदे बर्साईन नगर कार्य समितिका अध्यक्ष अमरेन्द्र प्रसाद यादवको प्रमुख अतिथिमा कार्यक्रमको आयोजना गरेको कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी लोसपामा प्रवेश गरेका हुन् ।

नव प्रवेश गरेकालाई नगर अध्यक्ष अमरेन्द्र प्रसाद यादवले टीका , माला लगाई पार्टी प्रवेश गराउनु भएको हो

नेकपा एमाले पार्टी बोदे बर्साईन नगर समितिमा विभिन्न किसिमको समस्या भएकोले र पुरानो नेताकार्यकर्तालाई कुनै किसिमको ग्रहेता नदिएको र नेकपा एमाले नगर समितिले धोका दिने सम्भावना भएपछि लोसपा पार्टीमा प्रवेश गरेका उपाध्यक्ष अन्सारीले बताए।

पार्टी प्रबेश कार्यक्रममा निकै भावुक बनेका नेता अन्सारीले आखाँभरि आसु झार्दै भने ‘ नेकपा एमाले सैगै धैर्रे काम गरे अहिले छोडदा निकै नरमाइलो लागी रहेको छ ’ । ’ मेरो मुल्यांकन भएन र मलाई उचित स्थान दिइएन् त्यसैले म अब देखि लोकतान्त्रिक समाजबादी पार्टीमा लागे ’ उनले गहभरी आशु झार्दै भने । आफु अब लोकतान्त्रिक समाजबादी पार्टी प्रति प्रतिबद्ध रहेको र तन मनले पार्टीको विकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

पार्टी प्रबेश कार्यक्रम लोसपाका नगर उपमेयर ममता कुमारी साह , झबर साह , अरुन यादव , मोहम्मद दाउद लगायत दर्जनौं लोसपा नेपालका नेताकार्यकर्ता को सहभागिता रहेको थियो ।