उमेश कुमार साह : १० बैशाख शनिबार
बोदे बर्साईन – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य राम किशुन यादव , मोहम्मद बुचुन , दलित महिला वडा सदस्य रुपनी देवी राम , युवा नेता मोहम्मद नजामउदिन अलि( बब्लु) , जीवन दास , मो.जमिल , मो . यामिल , मो .हकिम , मो . कादिम , मनोज कुमार यादव लगायत दर्जनौं जसपा नेपालका नेताकार्यकर्ता जसपा परित्याग गरि लोसपा नेपालमा प्रवेश गरेका छन् ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बोदे बर्साईन नगर अध्यक्ष अमरेन्द्र प्रसाद यादव लगायत विभिन्न लोसप नेपाल बोदे बर्साईन नगर समितीका प्रतिनिधि नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
विगतको निर्वाचनका प्रत्यासी उम्मेद्वारहरू तथा नवप्रवेश गरेकालाई लोसपा नेपाल बोदे बर्साईनका नगर अध्यक्ष यादवले स्वागत गर्नेछन् ।
लोसपा नेपाल बोदे बर्साईनका नेता मो. दाउदका अनुसार बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा नगर अध्यक्ष लगायतका लोसपा नेपालका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
Discussion about this post