उमेश कुमार साह,
१० बैशाख।
बोदे बर्साईन । नेपाल कम्युनिष्ट पार्टी एमालेका मधेस प्रदेश कमिटी सदस्य मोहम्मद इस्लाम नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
एक कार्यक्रमको अवसरमा शनिबार माओवादी केन्द्र सप्तरीका नेताकार्यकर्ताले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य मोहम्मद इस्लाम लगायतले माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
कार्यक्रममा नवप्रबेशी लाई माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अमर मंडल , प्रदेश कमिटी सदस्य महेश यादव , छेडी रजक जिल्लाका शिर्षनेता भागवत यादव दिलिप यादव , असर्फी सदा लगायतका नेताकार्यकर्ताले पार्टी प्रवेश गराउनु भएको हो ।
मो इस्लाम २०७४ बर्षको निर्वाचनमा प्रतिनिधि सभामा र मेयरमा समेत चुनावमा लड्नु भएको थियो।
Discussion about this post