काठमाडौं । नेपाल सरकारका सहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छिन् ।
अमेरिकाको न्यूयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रवार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।
उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता, सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए।
युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यु अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने छ ।
मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली र उप–महानिर्देशक दिलीप भण्डारी सहभागी हुनेछन् । मन्त्री झाँक्री १ तारिखमा स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको शर्माले जानकारी दिए ।
Discussion about this post