काठमाडौं । चर्चित बलिउड अभिनेत्री राखी सावन्त गम्भीर समस्यामा परेकी छिन् । उनले हालै आदिवासी कपडाको मजाक उडाएपछि समस्या बढेको हो । अभिनेत्रीले आदिवासी कपडाको खिल्ली उडाएको आरोप लागेको छ ।
झारखण्डका आदिवासीहरूको मुख्य संगठन केन्द्रीय सरना समितिले राखीविरुद्ध राँचीको एससी–एसटी चौकीमा एफआईआर दर्ता गरेको छ । राखी सावन्तले अश्लील पोशाकमा भिडियो खिचेको सरना समितिले आफ्नो उजुरीमा उल्लेख गरेको छ ।
भिडियो बनाएर उनले त्यसलाई विभिन्न प्लेटफर्ममा साझा गरिन् । आदिवासी पोशाक भन्दै मजाक उडाइन् । समितिले उनको उक्त हर्कतलाई आदिवासीको संस्कृति बदनाम गर्ने सुनियोजित षड्यन्त्र भएको भनेको छ ।
Discussion about this post