जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ तथा मधेस प्रदेशकी प्रदेशसभा सदस्य डा. डिम्पल झाको निधन भएको छ ।
लामोसमयदेखि क्यान्सर रोगबाट लडिरहेकी झाको शनिबार राति काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको लोसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।
डिम्पल झा लोसपा नेता अनिल कुमार झाका पत्नी हुन् ।
उनी मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्ती समेत थिइन् ।
डिम्पल झा लालबाबु राउत नेृतत्वको सरकारमा तत्कालीन राजपा नेपालबाट २०७५ साउनमा भौतिक पूर्वाधार विकास राज्य मन्त्री बनेकी थिइन् ।
Discussion about this post