उमेश कुमार साह:२५बैशाखआइतबार
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा न.७ मानराजाको (केराबारी)मा प्र.२ ०१-००१ त २००१ नं.को ट्याक्टर पल्टिँदा इन्जिनमा च्यापेर चालक युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मानराजा बस्ने राजिन पौडारको छोरा बर्ष १९ को शिव कुमार पौडार रहेका छन् ।
शनिबार राती करिब पौने ८ बजे बोदेबर्साईन नगरपालिका वडा नं. ७ मुसहरी टोल स्थित भित्री खेतमा जाने क्रममा ,धामिथान सुखापोखरीमा ट्याक्टर पल्टिँदा सोही वडाको मानराजा टोल बस्ने १९ वर्षीय शिव पौदारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पोखरी डिलमा प्र.२-०१-००१ त. २००१ ट्रेक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टन जादा ट्रेक्टर चालकको मृत्यु भएको हो ।
ट्याक्टर चालक पौदारको ट्याक्टरको ईन्जिनले चेपी घट्नास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Discussion about this post