बैशाख : जलवायुविद्हरूले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।
बगांलको खाडीमा २३ वैशाखदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विज्ञहरूले सुझाएका हुन् ।
जलवायुविद् डा। धर्मराज उप्रेतीले आसानी नाम दिईएको यस आँधी निकै तीव्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने २८ वैशाखदेखि प्रभाव देखिने उनले बताए ।
३० वैशाखमा स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।
जलवायुविद् डा। उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटीकालगायतको सुरक्षामा ध्यान दिन सुझाव दिए ।
Discussion about this post