जनकपुरधाम । एक लज्जास्पद घटना सार्वजनिक भएको छ । श्रीमानले आफ्नी श्रीमतीलाई साथीको हातमा सुम्पेर सामूहिक बलात्कार गराएका छन् ।
श्रीमतीको उजुरीका आधारमा प्रहरीले श्रीमान र उनका दुई साथीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
जानकारी अनुसार १९ वर्षीया युवतीले उजुरी दर्ता गराएकी हुन् । यो घटना नेपालको नभई छिमेकी मुलुक भारतको हो ।
युवती मूल रूपमा विदिशाको शम्साबादकी हुन् । २४ वर्षीया छोटेलाल मीनासँग उनको प्रेम विवाह भएको थियो । यी दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध चलिरहेको थियो ।
९ अप्रिलमा दुवैले इन्दौरको आर्य मन्दिरमा प्रेमविवाह गरेका थिए । त्यसको भोलिपल्टै छोटेलालले साथीहरु आनन्द मीना र दीपक मीनासँग पार्टी गरेर मादक पदार्थ सेवन गरे ।
यहाँसम्म त सबै ठिकै थियो तर त्यसपछि जे भयो त्यो विश्वास नलाग्ने खालको छ । उनका श्रीमानले श्रीमतीलाई मेरा साथीहरुले मेरो बिहे गर्दिएका हुन्, उनीहरुलाई पनि खुशी पार भनेर आदेश दिएका थिए ।
त्यसपछि दुवै साथीहरुले युवतीलाई बलात्कार गरेका हुन् । कसैलाई भने ज्यान लिने धम्की पनि उनले दिएका थिए । उजुरी दर्तापछि प्रहरीले तीनै अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको छ ।
प्रहरीका अनुसार आरोपी छोटेलाल र दीपक खेतीपाती गर्छन् । तर आनन्द बी. कमका विद्यार्थी हुन् ।
युवतीका परिवारका सदस्यले विदिशामा हराएको उजुरी पनि दिएका छन् । इन्दौर भएको खबर पाएपछि परिवारका सदस्य इन्दौर पुगेका हुन् ।
Discussion about this post