जनकपुरधाम, जेठ २८ गते । जनकपुरधाम उपमहानगर पालिकाका नवनिर्वाचित मेयर मनोज कुमार साहसँग मारवाडी युवा मञ्च जनकपुरका प्रतिनिधिहरुले शुक्रवार भेटघाट गरेको छ ।
मेयर साहको कार्यकक्षमा भएको उक्त भेटमा मञ्चका प्रतिनिधिहरुले जनकपुरका व्यापारीहरुले भोगीरहेको समस्याबारे जानकारी गराएका छन ।
मेयर साह समक्ष मञ्चका पदाधिकारीहरुले नगरभित्र रहेको विभिन्न समस्याको कारण जनकपुरका व्यापार व्यवसायलाई प्रत्यक्ष असर गरिरहेको गुनोसो गरेका थिए ।
मञ्चका अध्यक्ष बिक्रम जैनको नेतृत्वमा गएको मारवाडी समुदायका युवाहरुको टोलीले मेयर साहलाई नगरभित्र सुलभ शौचालय, सरसफाई, स्वच्छ खानेपानी, पार्किङको उचित व्यवस्था लगायतको अभावले व्यापार व्यवसाय प्रभावित भएको जानकारी दिए ।
उनीहरुको गुनासो सुनेर मेयर साहले नगरमा देखिएको जल्दा-बल्दा समस्याहरुको समाधानको समाधान चाँडै हुने आश्वासन दिए ।
मेयर साहले चालु आर्थिक बर्षमा २५ प्रतिशत कर घटाउने प्रतिबद्धता गरेको छ । साथै उनले पाँच बर्ष भित्रमा रिंग रोड बनाउने जानकारी समेत दिए ।
सोही अवसरमा मञ्चमा पदाधिकारीहरुले मेयर साहलाई सम्मान गरेका थिए । उक्त अवसरमा चन्द्रशेषर अग्रवाल, मौसम बजार, अमित रुमटा लगायतका उपस्थिति रहेको थियो ।
Discussion about this post