उमेश कुमार साह: २८ जेठ् शनिबार २०७९

बोदे बर्साईन – भारतको सहयोगमा निर्माण भईरहेको हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । २०६२÷ ०६३ सालवाट हुलाकी राजमार्गको निर्माण शुरु भएपनि नेपाल सरकारको लापर्वाहीले सुस्त गतिमा काम भइरहेको छ । नेपाली पक्षको सुस्तताका कारण राजमार्गको सडक निर्माणको अवस्था झन–झन ढिलो हुँदै गएको छ ।
पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२ किलोमिटर लामो हुलाकी सडक बनाउने योजना छ । तर, राजमार्गको धेरै स्थानमा कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो र ग्राइभल हाल्ने काम पनि कछुवाको चालमा भइरहेको छ । नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार कम्पनीहरुले मनमानी तरिकाले काम गरिरहेका छन् ।
अहिले पनि धेरै स्थानमा पुल निर्माणको काम सुस्त गतिमा भइरहेको छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ शत्रुध्न चौक नजिक एक महिना देखी सानो नाला समेतमा ढिलासुस्तीले आवतजावत गर्ने मानिस आक्रोशित भएका छन , निकास पानि जम्मा भएका कारणले गर्दा चार पांग्रे सवारी साधन चल्ने अवस्था अहिले समस्यामा छ्न ।

सप्तरीमा पुल निर्माणको काम केही मात्र भई रहेको छ भने केही पुलको उद्घाटन समेत भइसकेका छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८÷४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ४६ किलोमिटिर हुलाकी सडक छ ।

हुलाकी राजमार्ग निर्माणका सप्तरी अन्तर्गतका ठेकेदार देबेन्द्र दहालसँग बोदे बर्साईनको शत्रुधन चौक नजिक रहेको समस्या विषयमा कुरा गर्दा एक हप्ता अझै लाग्ने बताएका छन।