जनकपुरधाम । सूचनाको हक कार्यान्वयनमा मिडियाको भूमिका बिषयको एक दिवसीय अभिमुखिकरण कार्यक्रम जनकपुरधाममा आयोजना भएको थियो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा सोमबार आयोजित पत्रकारहरुको लागि अभिमुखिकरण कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागी सबहरुको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं कार्यक्रमको प्रमुख अतिथि गोबिन्द आचार्य जानकारी गराएका थिए ।
सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षता तथा गोविन्द आचार्य प्रमुख आतिथि एवं प्रशिक्षणमा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा धनुषा जिल्लाको ३८ जना पत्रकारहरुको सहभागीता रहेको प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र कुमार सिंहले बताए ।
पत्रकारहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष किरण कर्ण , प्रेस चौतारीका अध्यक्ष अवधेश कामत लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post