जनकपुरधाम जेष्ठ ३० गते।
धनुषाको शहिदनगर नगरपालिका वडा – ६ स्थित श्री आधारभूत विधालय हडबाडामा शिक्षा सुधार अभियान सुरु गरिएको छ।
शिक्षा सुधार अभियान अन्तर्गत पहिलो चरणमा बिधालयका वाल विकास कक्षालाई व्यवस्थित गरि प्राविधिक माध्यमबाट सिकाई र पढाई थालिने गर्ने छ।
२०३५ सालमा स्थापित बिधालयमा ११ जना शिक्षक र कक्षा नर्सरी देखि ८ सम्म ६ सय जना बिधार्थीहरु अध्ययन गरिरहेका छन्।
मानव समृद्धिको मुल मन्त्र नै शिक्षा रहेको कुरालाई आत्मसाथ गर्दै प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा शिक्षा सुधार अभियान सुरु गरिएको कुरा शिक्षा सुधार अभियानका दुत अम्भु प्रसाद साहले जानकारी दिए का छन्।
प्रदेश सांसद रामअशिष यादवको उपस्थिति र बिधालयका प्राधानाध्यापक निरज मंडलको अध्यक्षतामा सम्पन्न बैठकमा शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव, वडा अध्यक्ष उमेश निराला, सहित स्थानीय सुरक्षा निकायका प्रमुख, शिक्षक र वार्ड सदस्यहरु को सहभागिता रहेका छन्।
Discussion about this post