उमेश कुमार साह: ८ असार बुधबार
सप्तरी : बोदे बर्साईन नगरपालिका स्थित नगर ब्यापार संघ बोदे बर्साईन द्धारा बजार क्षेत्रको खानेपानी, बाटोघाटोमर्मत तथा अधुरो सडक निर्माण, नाला सरसफाइ ,मुख्य सडक तथा बजारको प्रत्येक पोलमा बिजुली बत्ती जडान र मर्मत गर्ने , सिसिटिभी मर्मत र जडान गर्ने ,गुदरी हात व्यवस्थापन तथा हुलाकी रोडमा लाग्ने माछा हतिया, तरकारी पसललाई पुर्णरुपले गुदरी हातमा व्यवस्थापन गर्ने , हरिशंकर मन्दिरको अधुरो निर्माण कार्य पूरा गराउने , प्रत्येक शनिबार बजार सरसफाइ व्यवस्थापन मिलाउने , लाम्खुट्टेको औसधि व्यवस्थापन मिलाउने ,सार्वजनिक सौचालय व्यवस्थापन मिलाउने , बजारमा फुटपाथमा रहेको समाग्री लाई मापदण्डअनुसार बेचबिखन गर्ने ,लगातएका अति आवश्यक समस्या समाधानका निम्ती बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहलाई नगर ब्यापार संघ बोदे बर्साईनले संयुक्त चारबुँदे ज्ञापन पत्र बुझाएका छन् ।
बुधबार करिब दुई दर्जन बढि बजारवासीको टोलीद्धारा हस्ताक्षर सहित आफ्ना माग सहितको ज्ञापन पत्र दिइ एक समारोहमाको बीच नगर प्रमुख सिंहलाई ध्यानाकर्षण गराईएको हो ।
बोदे बर्साईनमा विगतदेखि नै झेल्दै आएको खानेपानी समस्या, सरसफाइ तथा व्यवस्थापकिय समस्या, बजार क्षेत्रमा भएको अव्यवस्थित ढल, हिलाम्मे सडक, तथा हस्पिटलका प्राथमिक स्वास्थ्य केन्द्र बाटोघाटोको विगत दुई वर्षदेखि हुदै आएको समस्या लगाएतका मागको नगरप्रमुखलाई ध्यानाकर्षण गराईएको नगर ब्यापार संघ बोदे बर्साईनका सचिब अनिल प्रसाद सिंहले बताए ।
नगर ब्यापार संघले दिएको ज्ञापनपत्र बुज्दै नगरप्रमुख आतेश कुमार सिंहले आफुहरु जनताको सेवा र सुविधाका निम्ती जनप्रतिनिधि भएको बताउदै नगरवासीहरुले लिएका माग जायज रहेका कारण आफुले मनन गरेको बताए । ज्ञापनपत्रमा लेखिएका मागहरुको जवाफ दिदै नगरप्रमुखले खानेपानी व्यवस्थापनका निम्ती पहिलेको पानी संकलित ट्याङकि सानो भएका कारण आफुहरुले नँया कार्ययोजना सहित खानेपानी कार्यालय संघ पनि समन्वय छिटो गरिनेछु।
बजार क्षेत्रमा ढल व्यवस्थापन, नाला सरसफाइ तथा सडक विभिन्न बाटोघाटो व्यवस्थापन जस्ता विकासका पूर्वाधार निर्माण हुन नसकिरहेको र त्यसको व्यवस्थापन हुनुपर्ने विषयमा राखिएको जिज्ञासामा उनले नँया शहर आयोजनाले विगतदेखि नै काम गर्ने गरे पनि व्यवस्थित हुन नसकेको, आफुसँग समन्वय हुन नसकिरहेका कारण यस्तो अवस्था आएको बताउदै केही दिनमा हामी कार्यापालिकामा नँया शहर आयोजनाका पदाधिकारी बिच तत्काल काम अगाडि बढाउने, पुराना योजना, फाईल नगरपालिकामा बुझाउनुपर्ने, प्रत्येक योजनाको हर हिसाब अवगत गराउनुपर्ने लगाएतका निर्णय भईसकेका कारण अब नँया शहर आयोजनाले उक्त कार्यलाई अगाडि बढाउने बताए।
त्यस्तै युवाहरुले बजार क्षेत्रमा खेलकुद मैदान व्यवस्थापन, वृक्ष्यारोपण, लाईब्रेरी, ईलाईब्रेरी सञ्चालन लगाएतका योजनलाई समेत अगाडि बढाउदा उचित हुने सुझाव दिएका छन् ।
Discussion about this post