जनकपुरधाम | बारामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुवणर् गाउँपालिका-७ का २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।
खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।
सुवणर् गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
Discussion about this post