दाङ – दाङको देउखुरीमा राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान गएको छ ।
नदीले बगाउँदा राप्ती गाउँपालिका-४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
हिजाे हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चाैधरीलाई नदीले बगाएकाे थियाे।
चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्याएको थियो । चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजाे बेलुका प्रहरीलाई खबर गरेका थिए।
चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।
Discussion about this post