काठमाडौं । अभिनेत्री सुरविना कार्की उनको करियरको शुरुआत नै सेक्स सिनबाट भयो ।
अहिले भन्न थालेकी छिन् “भो बा पुग्यो अब सेक्स सिन ” ।
कुनै बेला “भूवन केसीलाई देख्दा शरीरबाट वाफ उड्छ” भन्ने अन्तर्वार्ता दिने अभिनेत्री सुरविना कार्की एकाएक परिवर्तन भएकी छिन् ।
उनले हरेक दिन अत्यन्तै संस्कारी पोसाक लगाएका तस्वीर सार्वजनिक गर्छिन् । आर्दशका शब्दहरु पोष्ट गर्ने गर्छिन् ।
बोल्ड अवतारमा अभिनेत्री सुरविना कार्की भन्ने समाचार नआएको धेरै भएको छ । हालै उनले एक आर्दश पोष्ट गरेकी छिन् ।
उनले लेखेकी छिन् यदि खेतमा बाली लगाइएन भने प्रकृतिले त्यसमा घाँस उब्जाईदिन्छ, ठिक त्यसैगरी यदि दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउ बनाईदिन्छ । सबै सकारात्मक हुनुस् है । सकारात्मक सोच बढ्दै गयो भने यो सारा संसार खुसी बन्छ । सुखी बन्छ । जिन्दगी साह्रै उल्लासमय बन्छ ।
अभिनेत्री सुरविना कार्कीको कामको कुरा गर्ने हो भने उनले चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।
सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हट दृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् ।
तर, अब उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् । उनले ‘झेली’ पछि नाईके, सुश्री, होमवर्क र लुकामारी जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।
Discussion about this post