विराटनगर। भानु कला केन्द्रले बहुभाषिक कविता वाचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छ्न।
मोरङ्गको बिराटनगर महानगर १० नम्बर वडामा हिजो मंगलबार भएको कविता वाचन कार्यक्रमबाट कवीयत्री करूणा झा, डा. विजय पंडित र मरेठा माखलाई आज तक्मा सहितको पुरस्कार वितरण गरेको हो।
कविता वाचनमा एक दर्जन कवीयत्रीहरु सहभागी रहेको सो कार्यक्रममा ३ जनाको उत्कृष्ट कविता छनौट भएको थियो।केन्द्रले उत्कृष्ट कवीयत्रीहरुलाई मायाको चिनो,प्रशंसा पत्र र चान्दीको तक्मा प्रदान गरेका थिए ।
केन्द्रको अध्यक्ष माया पौडेलको अध्यक्षता र प्रदेश न.१ को प्रदेश प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
Discussion about this post