सोमबार भोलनाथलाई समर्पित छ। यस दिन महादेवको कृपा प्राप्त गर्न र उहाँलाई प्रसन्न पार्न ठूलो संख्यामा भक्तजनहरूले पूर्ण भक्तिपूर्वक पूजा र व्रत बस्छन्। यस दिन व्रत र पूजा गर्नाले महादेव प्रसन्‍न भई भक्तजनको समस्त कष्‍ट दूर हुने जनाइएको छ । महाकालको आराधना गर्ने भक्तले भयरहित र रोगमुक्त जीवन बिताउछ र अकाल मृत्युको भय भोग्दैन ।

भगवान शिवको चमत्कारी र सबैभन्दा प्रिय मन्त्र महामतुञ्जय मन्त्रको सोमबार जप गर्दा शिव धेरै प्रशन्न हुन्छ। यो मन्त्र सबैभन्दा शक्तिशाली मन्त्र मध्ये एक हो।महामृत्युंजय मंत्र

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥

महामृत्युञ्जय मन्त्रको नेपाली अर्थ

यसको अर्थ हामीले त्रिनेत्रको पूजा गर्छौं। भगवान शिव सुगन्धित हुनुहुन्छ र हामीलाई पोषण गर्नुहुन्छ। जसरी फलले हाँगाको बन्धनबाट मुक्त हुन्छ, त्यसरी नै हामी पनि मृत्यु र अनन्तताबाट मुक्त होऔं।