छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।

युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ ।बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ ।

डन्डिफोर आउने कारण

–हर्मोनमा परिवर्तन तथा खराबी ।
–अनियमित महिनावारी ।
–खराब खानपान ।
–तनाव र अनिद्रा ।
–उत्तेजना, क्रोध र भय ।
–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
–लामो समयसम्म कब्जियत ।