जनकपुरधाम । मधेश प्रदेशको पहिलो र एक मात्र ड्युवल आइएसओ प्रमाणित चिकित्सा प्रयोगशाला रहेका छन् ।
त्यसमध्ये, मंगलम डायग्नोस्टिक सेन्टर प्रा.लिले आइएसओ १५१८९ एम २०२२ र आइएसओ ९००१ एम२०१५ प्रमाणित रहेको डायग्नोस्टिकका प्रबन्ध निर्देशक अर्थ ठाकुरले बताएका छन् ।
आइएसओ १५१८९ भनेको के हो ?
आइएसओ १५१८९ मेडिकल र क्लीनिकल प्रयोगशालाहरुको एउटा अन्तर्राष्ट्रिय गुणस्तर स्टैण्डर्ड हो जसले गुणस्तर व्यवस्थापन प्राविधिक प्रक्रिया र चिकित्सा प्रयोगशालामा योग्यताका लागि आवश्यकताहरू सेट गर्दछन् ।
आइएसओ ९००१ एम२०१५ भनेको के हो?
आइएसओ ९००१ एम२०१५ लाई अन्तर्राष्ट्रिय स्तरको रूपमा परिभाषित गरिएको छ, जसले गुणस्तर व्यवस्थापन प्रणालीको आवश्यकताहरू निर्दिष्ट गर्दछ।
निर्देशक अर्थले भने, अन्तर्राष्ट्रिय मानक संगठनबाट प्रमाणित हुनु हाम्रो ठूलो उपलब्धि रहेको छ, यस प्रमाणीकरणको साथ हामी हाम्रो सेवालाई थप विश्वसनियता ल्याएका छौँ, र हामी हाम्रा ग्राहकहरू, डाक्टर र अस्पतालहरूलाई यो सेवालाई Best Diagnosis Treatment प्रयोग गर्न अनुरोध गर्दछौँ बताए ।
Discussion about this post