छनौट भएका सबै प्रतियोगी अव फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतियोगिताको यो सातौं संस्करण हो । यो पटक प्रतियोगीतामा ‘जोय मोडल हन्ट नेपाल’को रुपमा आयोजना हुँदैछ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको यो प्रतियोगिताको छनौट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल) रुबिस्का श्रेष्ठ (व्यावसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) मिष्टर नेपाल २इ२२का विजृता नुतन श्रेष्ठ लगायत थिए ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ माहिला विजेता र पुरुषले ‘मिष्टर टुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगीतामा पुरुष तर्फ सरन एरिक विलियम्स, मनिष श्रेष्ठ, विराज गौतम, विवेक सिंह ठकुरी, अग्निश्री विश्वकर्मा, हिर्दय कुमार यादव, सम्राट सिंह, विवेक खड्गी, आदर्श श्रेष्ठ, रुविन श्रेष्ठ, मनिष बुढा, रोशन आचार्य, उगल लिम्बु, दिवस रसाइली, रोनी मगर, मौसम दिवान राई, आदर्श लिम्बु, सुरज गोयन्का, कर्मा तोपग्ये, सुलभ रत्न शाक्य, दिवस गौतम, निहाल के.सी, सूर्या महर्जन, प्रविणराज कार्की, कुनाल मिश्र छन् भने महिला तर्फ सेरिन शाक्य, प्रिज्मा गुरुङ, सम्पदा घिमिरे, सुनिना तामाङ, समिका शेरचन, प्रतिमा हायु, याङ्चेन डोल्कर, एन्जेल राई, कृपा श्रेष्ठ, मल्लिका फैजु, स्मृति देउजु, स्तुति श्रेष्ठ, नम्रता शाही ठकुरी, सोमिता तामाङ, रिया मैनाली, सृष्टि गौतम, मोनिका अधिकारी, शर्मिला आले मगर, आँचल शाह, सारा राई, बिनिता खड्का, शिखा श्रेष्ठ, पल्पसा श्रेष्ठ, पुष्प धामी, अञ्जली सुनार, स्मृति श्रेष्ठ, साइच्छा थापा छन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् ।

           

facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
email sharing button
print sharing button
sharethis sharing button