काठमाडौं ,”मस्ट डेडिकेटेड टिम ” को उपाधी बाट ब्लड फर नेपाल धनुषा सम्मानित भएको छ ।
रगत ब्यबस्थापनको लागि नेपालमा विभिन्न संघ संस्था हरु कृयाशिल रहेका छन । त्यसै मध्यको एक हो – ब्लड फर नेपाल।
ब्लड फर नेपालमा हाल सम्म सात वटा क्षेत्रीय टिम अन्तर्गत सात जिल्लामा यस्को मेम्बर र स्वयंसेवकहरु कार्यरत छन ।
यसै अन्तर्गत सबै भन्दा क्रीयाशिल र लगनशील टिम अर्थात “मस्ट डेडिकेटेड टिम ” को उपाधी बाट ब्लड फर नेपाल धनुषा सम्मानित भएको छ । सनिवार काठमाडौको माहादेव बान्क्युइट एन्ड पार्टी प्यालेसको सभा हलमा आयोजित ब्लड फर नेपालको बार्षिक प्रतिवेदन तथा सम्मान कार्यक्रममा धनुषा टिमलाई सम्मान गरिएको हो ।
उक्त अवार्ड नेपाल रेड क्रस सोसाइटी का कार्यकारी निर्देषक उमेश ज्यु ले धनुषा टिमलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमको अध्यक्षता ब्कड फर नेपालका बर्ष २२-२४ का अध्यक्ष सुनिल महर्जनले गर्नु भएको थियो भने प्रमुख अतिथीमा नेपाल रेड क्रस सोसाइटीका कार्यकारी निर्देषक , त्यस्तौ बिशिस्ट अतिथीमा ब्लड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतो , लिओ क्लब अफ काठमाडौ मातृभुमी का संस्थापक अध्यक्ष सरोज महतो , हिमाल ब्लड बैंकका इन्चार्ज , विभिन्न रक्तसञ्चारका प्रतिनिधि तथा प्रमुखहरु रहेका थिए ।
उक्त कार्यक्रममा धनुषा जिल्ला लाई प्रतिनिधित्व गर्दै बर्ष २१-२२ का संयोजक निर्जला तिमिल्सिना , सह- संयोजक बलराम गुप्ता , ऋषिकेश झा , अर्चना झा , भवानी साह , सर्ताज हुसेन , बलराम साह , श्याम साह , निशान्त ओझा , दीपक चौधरी , ज्याओल राइन लगायत सहभागी भएका थिए ।
बर्ष २०२१-२२ मा ब्लड फर नेपाल धनुषा टिमले रक्त ब्यबस्थापनमा खेलेको अहम भुमिकालाई कदर गर्दै सबै भन्दा बढी रगत व्यबस्थापन तथा स्वयंसेवक परिचालन गरेकोमा उक्त टिमलाई मस्ट डेडिकेटेड टिमको रुपमा सम्मान गरिएको हो ।
त्यस्तै ब्लड फर नेपाल धनुषाका बर्ष २२-२४ का संयोजक बलराम गुप्तालाइ बर्ष २१-२२ को मस्ट एक्टिभ मेम्बरको उपाधी द्वारा सम्मान गरिएको छ।
Discussion about this post