महोत्तरी,२२ साउन । महोत्तरी उद्योग बाणिज्य संघको अध्यक्षमा जीतेन्द्र चौधरी बिजयी हुनुभएको छ ।
शनिवार राति सम्पन्न संघको निर्वाचनको मतगणना परिणाम अनुसार प्रतिद्वन्दी जयनाथ प्रसादलाई ६ मतले हराउँदै जीतेन्द्र चौधरी बिजयी हुनुभएको निर्वाचन अधिकृत सुरेश लाल कणर्ले बताउनुभयो ।
शनिवार भएको महोत्तरी उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार जीतेन्द्र चौधरीले १२० मत प्राप्त गर्नुभएको थियो भने उनको प्रतिद्वन्दी जयनाथ प्रसादले ११४ मत प्राप्त गर्नुभयो ।
जम्मा २४७ मतदाता रहेको सो निर्वाचनमा २४३ मत खसेको थियो । जसमध्ये अध्यक्ष पदमा बिजयी जीतेन्द्रले १२०, प्रतिद्वन्दी जयनाथले ११४ मत प्राप्त गर्नुभयो भने ३ मत बदर भएको निर्वाचन अधिकृत कणर्ले बताउनुभयो ।
त्यसैगरी सम्पन्न निर्वाचनमा संघको प्रथम उपाध्यक्षमा पवन कुमार साह, द्वितीय उपाध्यक्षमा अजय कुमार साह, महासचिवमा अमरनाथ प्रसाद गुप्ता, कोषाध्यक्षमा रविशंकर प्रसाद, सचिवमा विजय कुमार साह निर्वाचित हुनुभएको छ ।
र त्यसैगरी सदस्यहरुमा संजयकुमार पंजियार, जगदिश महतो, नितेश कुमार साह, रामकुमार साह हलुवाइ, सुर्यप्रकाश साह, राकेश कुमार नायक, राजेश कुमार गुप्ता र महिला सदस्यमा शोभा देवी बिजयी हुनुभएको निर्वाचन अधिकृत कणर्ले बताउनुभयो ।
मतदान प्रक्रिया बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म चलेको थियो भने मतगणना बेलुकी साढे ६ बजेदेखि शुरु भएर राति करीब ११ बजे अन्तिम परिणाम सार्वजनिक गरिएको थियो ।
Discussion about this post