जनकपुरधाम, साउन २५ : नेकपा एमालेकी नेतृ तथा प्रतिनिधीसभा सांसद जुली महतो धनुषा निर्वाचन क्षेत्र नम्बर -३ मा यसपाली औपचारिक जित एमाले नै हुने बताएकी छन् ।
जनकपुरधाम स्थित आफ्नै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै सांसद जुलीले भनिन, ‘म र मसंगै क्षेत्रका जनता ०७० को निर्वाचनमा पनि हारेको होइन, धेरै कुरा थियो अब यसपालि जनताले औपचारिक रुपमा जिताउने छ ।’
क्षेत्र-३ मा तपाईको जितको आधार के ? भन्ने प्रश्नमा जुलीले आफू जनतासंग र जनता आफूसंग कहिल्यै पनि टाढा नभएको बताउँदै एक अर्काको सुख दुःखमा साथ रहेकाले जनताले नै चुनावमा बोलाइरहेको बताइन् ।
‘हेवी वेट भनेर यस क्षेत्रमा ठूलठूला नेता भन्दै लडने जित्ने काम भए तर जनकपुरधामको के भयो ? न समूचित विकास छ न सुशासन नै’ उनले भनिन ।
जनकपुरधाम र यस क्षेत्रको विकासका लागि अव मौका एमालेलाई दिन उनले आग्रह गरिन ।
अब पाँच होइन अब त छ र सात दल मिलेर एमालेलाई रोक्ने प्रयास एकदमै हुँदैन उनले भनिन,‘तर सुर्यलाई कसैले रोकेर राख्न सक्छ ?’ आफ्नो उम्मेदवारी स्वभाविक रहेको उनको तर्क छ । जनतको आदेश सधै आफूले पालना गरेको बताउँदै उनले एक मौका अव आफूले पनि पाउनुपर्ने बताइन ।
Discussion about this post