सप्तरी । पछिल्लो समय प्रदेश तथा संघीय चुनावकाेे मिति नजिकिदैजादा मधेश प्रदेशमा विभिन्न पार्टी परित्याग तथा प्रवेश गर्ने लहर बढेको  छ ।

यसै क्रममा जसपा नेपालका युवा नेता तथा जिल्ला सदस्य बिजय यादवकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन ।

प्रवेश गर्नेहरुमा तिलाठि काेइलाडि गाउपालिका वडा न.१ बेल्हिका परमानन्द राय , बद्री यादव ,कुशेश्वर यादव , जय किशाेर राय , रन्धिर यादव सहित एक दर्जन नेता तथा कार्यकर्ता जपसा नेपालमा प्रवेश गरेका छन ।

उनीहरु यसअघि नेपाली कांग्रेस ,नेकपा एमाले , माअेावादी र लाेसपामा रहेकाे  पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेकाे युवा नेता नबनीत झाले जानकारी दिए ।

यसैबिच नव प्रवेशिहरुलाइ जसपा नेपालका केन्द्रीय सदस्य तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।