किक्रेट मैदानमा छक्का प्रहार गर्दै बलरको पसिना छुटाउने ऋषभ पन्तले रौटेलाको प्रहारमा दिएको आफ्नो जवाफ डिलिट गर्नुपर्यो भने उर्वशीले पन्तको कडा आलोचना गरिन् ।

नाम नलिएर उनीहरु एकाअर्काप्रति आक्रामक हुँदा कडा शब्दहरुको प्रहार भइरहेको छ । इन्स्टाग्राममा एक पोस्टमा, रौटेलाले आरपीछोटुभैया ह्यासट्यागको साथ धेरै कुराहरु लेखेकी छिन् ।

साथै, डन्टटेकएडभान्टेजअफसाइलेन्टगर्ल जस्ता ह्यासट्याग प्रयोग गरिएको हो । त्यससँगै रौटेलाले रक्षाबन्धनको पनि मेन्सन गरिन् । तर यी शब्दहरू बीचमा फ्यानहरूको नजर एउटा शब्द कुगर हन्टरमा अड्कियो ।

यो शब्दलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा सुरु भएको छ । यसको अर्थ शब्दकोशमा खोज्न थालियो । त्यसपछि यसको अर्थ पनि पत्ता लाग्यो ।

रौटेलाले ऋषभ पन्तलाई ‘कुगर हन्टर’ भनेर जवाफ दिएकी हुन् । पन्त र उनका फ्यानहरूलाई अभिनेत्रीको जवाफले धेरै चोट पुर्याएको छ ।

मान्छेहरुले जान्न चाहेको कुराको अर्थ सोचे भन्दा गाह्रो छैन् । कुगरको अर्थ अमेरिकी चितुवा र हन्टरको अर्थ शिकारी हुन्छ ।

तर जब यी दुई शब्दहरू एकसाथ आउँछन्, त्यसको अर्थ एउटै हुन्छ । यो शब्दको अर्थ (एक जवान मानिस जो वृद्ध तर सुन्दर महिलाहरु संग सम्बन्ध खोज्दैछ) भन्ने हुन्छ ।

        

facebook sharing button
twitter sharing button
messenger sharing button
wechat sharing button
whatsapp sharing button
email sharing button
print sharing button
sharethis sharing button